ललिता निवास प्रकरण : मुख्य नेतृत्वकर्तालाई उन्मुक्ति, कर्मचारी र बिचौलियालाई सजाय

काठमाडौँ, ४ फागुन । विशेष अदालतले बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा राजनीतिक नेतृत्वलाई सफाई दिएको छ भने तीन पूर्व सचिवसहित १२ जना कर्मचारी र भूमाफियालाई दोषी ठहर गरेको छ । विशेष अदालतका सदस्यहरू डा. खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले राजनीतिक नेतृत्वलाई सफाई दिँदै सचिव, कर्मचारी र बिचौलियालाई मात्रै दोषी ठहर गरेको…