काठमाडौँ, २२ माघ । पूर्वराजा ज्ञानेन्द्र शाहविरुद्ध अभिव्यक्ति दिएको भन्दै राजावादी पार्टी राप्रपाका एक जना उपाध्यक्षविरुद्ध उजुरी परेको छ । राप्रपाका महाधिवेशन प्रतिनिधि अजय कुमार रिमालले उपाध्यक्ष उद्धव पौडेलविरुद्ध पार्टीको अनुशासन समितिमा उजुरी दिएका हुन् । अनुशासन समितिका प्रमुख नवराज सुवेदीलाई सम्बोधन गरेर उनले बुझाएको पत्रमा पार्टीको सिद्धान्त विपरीत पौडेलले पूर्वराजाविरुद्ध अभिव्यक्ति दिएको उल्लेख छ…