भक्तपुर, १ असार । जनताको चासो, गुनासो र सुझाव संकलन गरी जनअपेक्षा अनुसार विकास र समृद्धिसँगै सार्वजनिक सेवा प्रवाहको कार्यसम्पादन गर्ने लक्ष्यका साथ सूर्यविनायक नगरपालिका वडा नं. १ मा वडास्तरीय सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । क्रियाशिल पत्रकार मञ्च र सूयविनायक नगरपालिकाको संयुक्त आयोजना आज वडा कार्यालयको सभाहलमा भएको कार्यक्रममा जनप्रतिनिधिले निर्वाचित भएपछि हालसम्म भए…