माइतीघरको निषेधाज्ञा हटाउन विसंघको प्रदर्शन

काठमाण्डौ, ७ माघ । काठमाडौंको माइतीघर क्षेत्रमा स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा हटाउन माग गर्दै सत्तारुढ दल नेपाल विद्यार्थीसंघका कार्यकर्ताहरू सडकमा उत्रेका छन् ।नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले आज माइतीघरको निषेधाज्ञा हटाउन माग गर्दै प्रदर्शन गरेको हो । सो प्रदर्शनमा सहभागी केहीलाई प्रहरीले पक्राउ गरेको समाचार छ ।