काठमाडौँ, २४ माघ । नेकपा माओवादी केन्द्रका सांसद जर्नादन शर्माले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यसञ्चालन व्यवस्था र वर्तमान संविधानको रक्षा गर्नुपर्ने चुनौती रहेको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले व्यवस्था वमोजिम कानुन निर्माण गर्नुपर्ने धारणा राखे । यसमा अलमल गर्ने छुट आफूहरूलाई नभएको उनले बताए । “यो संविधानअनुसार जनतामा विश्वासयोग्य वातावरण बनाउन…