सिनेटको बैठकबाट बिपीको समस्या समाधान गर्ने स्वास्थ्यमन्त्री बस्नेतको प्रतिबद्धता

धरान, ५ माघ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या  सिनेटको बैठक राखी समाधान गर्ने बताएका छन् । धरानबाट समस्या समाधानको माग गर्दै राजनीतिक दलको प्रतिनिधि मण्डल र स्वास्थ्यमन्त्री बस्नेतबीच मन्त्रालयमा वार्ता भएको थियो । छलफलका क्रममा शिक्षक र कर्मचारी बढुवाका विषयमा तत्काल कार्यकारिणी समितिको बैठक बसी सञ्चालक परिषदमा पेस…