रुसी सेनामा कार्यरत नेपालीलाई स्वदेश फर्किने वातावरण बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ, ३ माघ । प्रतिनिधिसभा सदस्य उर्मिला माझीले रुसी सेनामा कार्यरत नेपाली युवाहरूलाई स्वदेश फर्किने वातावरण बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएकी छिन् ।  हालै लमजुङका साजन गुरुङ नेपाल फर्किन प्रयत्न गर्दा पनि सफल नभई युद्धमा ज्यान गुमाएको घटनाबारे अवगत गराउँदै अन्य युवाहरू पनि नेपाल फर्किन नपाएकोले सरकारी तवरबाटै यो समस्या समाधान गर्न प्रधानमन्त्रीको…