काठमाडौँ, १७ पौष । सरकारी निकायले जारी गरेको निषेधाज्ञा माइतीघर मण्डलामा मन्त्री र सांसदहरूले सोमबार तोडेका छन् । गृह मन्त्रालयअन्तर्गतको काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा सोमबार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी र सांसदसमेत रहेका राष्ट्रिय जनमत पार्टीका अध्यक्षसहित सांसदहरूले तोडेका हुन् । हरेक वर्ष इस्वी संवत्को नयाँ वर्षको दिन आफ्नो पार्टीले धोती…