मलेसिया रोजगारीमा नयाँ सम्झौता

काठमाडौँ, २३ पौष । वैदेशिक रोजगार बोर्डले श्रम सम्झौताविपरीत प्रतिनेपाली कामदार ४५ अमेरिकी डलर उठाउने गरी एक निजी मलेसियन कम्पनीसँग सम्झौता गरेको छ । बोर्डले मलेसियामा रहेका नेपाली कामदारको हित र सुरक्षासँग सम्बन्धित काम हेर्न दिने नाममा मलेसियाको निजी कम्पनी ‘फरेन वर्कर्स वेलफेयर म्यानेजमेन्ट सेन्टर’ सँग सम्झौता गरेको हो ।  बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेती र सेन्टरका…