काठमाडौँ, १४ पौष । नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघका नेताहरूले ललितपुरको बालकुमारीमा भएको घटनाको विरोध गर्दै शनिबार कालो झण्डा बोकेर मन्त्रीक्वाटर पुल्चोकमा प्रदर्शन गरेका छन् । आज बिहान मन्त्री क्वाटर पुल्चोकमै पुगेका संघका नेताहरूले शान्ति सुव्यवस्था कायम गर्न नसकेको भन्दै गृहमन्त्री नारायणकाजीको राजीनामा पनि मागेका थिए। उनीहरूले ‘जनताको छोरामाथि गोली हान्न बन्द गर, शान्ति…