दोस्रो वरीयताका लागि कांग्रेसमा विवाद

काठमाडौँ, ८ पौष । कांग्रेसमा उपसभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालाबीच पार्टी वरीयतामा दोस्रो स्थान कसले लिने भन्ने विवाद चर्किएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको मर्यादाक्रममा सभापति शेरबहादुर देउवापछि उपसभापति खड्का छन् । १४ औं महाधिवेशनमा देउवासँग प्रतिस्पर्धा गरेका कोइरालाले ४० प्रतिशत मत पाएसँगै ‘वरिष्ठ’ नेता दिनुपर्ने माग संस्थापनइतर पक्षबाट उठ्दै आएको छ । उनले पार्टीमा ‘वरिष्ठ’…