काठमाडौँ, २६ जेठ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन–२०७५ सार्वजनिक गरेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएको ५ वर्ष ४ महिनापछि शिक्षा मन्त्रालयले बिहीबार औपचारिक रूपमा प्रतिवेदन सार्वजनिक गर्दै कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाएको हो । शिक्षामन्त्री सुमना श्रेष्ठले सरकारले हालसम्म लुकाएर राखेको प्रतिवेदन सार्वजनिक गरेकी हुन् । यद्यपि, उक्त प्रतिवेदन…