काठमाडौँ, २५ मंसिर । जनता समाजवादी पार्टी (जसपा) नेपालले गत भदौ महिनादेखि सञ्चालन गरेको तीनमहिने संगठन विस्तार तथा सुदृढीकरण अभियानको समीक्षा गर्न आज बैठक बोलाएको छ । बैठक बिहान ११ बजे पार्टी कार्यालयमा बस्ने छ । उक्त अवधिमा जसपाले पालिका समितिदेखि प्रदेश समिति पुनर्गठन गरेको छ । जसअन्तर्गत मधेस प्रदेशबाहेकका सबै प्रदेश समिति पुनर्गठन भएका छन्…