काठमाडौँ, १५ मंसिर । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । आयोगले माघ ११ गते हुने १९ पदको निर्वाचनको तालिका स्वीकृत गरेको हो । कार्यतालिका अनुसार यही मंसिर २२ गते निर्वाचनमा भाग लिने राजनीतिक दल दर्ताका लागि सूचना प्रकाशन हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । मंसिर २४ देखि २९ गतेसम्म राजनीतिक…