काठमाण्डौ,१४ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले प्रदेशको विकल्प सोच्ने प्रस्तावसहितको राजनीतिक प्रतिवेदन पारित गरेको छ। महोत्तरीको जलेश्वरमा तीन दिन चलेर सकिएको विस्तारित ९केन्द्रीय समिति, संसदीय दल र प्रदेश समितिका सभापतिसहितको० बैठकले प्रदेशको विकल्प सोच्नुपर्ने निष्कर्षसहितको सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरिएको हो। ‘अहिलेको प्रदेश संरचनाले हामीलाई कहीँ लैजादैंन। त्यसमाथि यो भ्रष्टाचारको केन्द्र…