जाजरकोट, १४ मंसिर । भूकम्पपीडितले भत्किएका घर पुनर्निर्माणको माग गरेका छन् । भूकम्पका कारण घर भत्किएपछि घरवासविहीन नागरिकले पुनर्निर्माणको काम छिटोछरितो गर्न माग गरेका हुन् । पीडितहरूले त्रिपालमुनिको चिसोबाट बचाउन पुनर्निर्माणलाई तत्काल अघि बढाउन आग्रह गरेका छन् । रूकुम पश्चिम आठबिसकोट नगरपालिका–१४ मा नेपाल ग्रामीण पुनर्निर्माण संस्था, (आरआरएन) ले भूकम्प प्रभावितलाई राहत सामग्री वितरणका क्रममा…