काठमाडौँ, १५ पौष । प्रधानमन्त्री पुष्पकमल दाहालले नेतृत्व गरेको सरकारको एक वर्षको कामलाई लिएर सत्ता गठबन्धनकै मुख्य घटक नेपाली कांग्रेसमा चरम असन्तुष्टि देखिएको छ । कांग्रेसको बिहीबार सुरु भएर शनिबार सकिएको केन्द्रीय कार्यसमिति बैठकमा प्रधानमन्त्री दाहाल र सरकारमा सहभागी आफ्नै मन्त्रीहरूको कार्यशैलीप्रति केन्द्रीय सदस्यहरूले खुलेर आलोचना गरेका छन् । तीन दिनसम्म सयभन्दा बढी केन्द्रीय सदस्य र पदाधिकारीले…