काठमाडौँ, १६ पौष । सरकारले त्रिभुवन विश्वविद्यालयको कुलपति प्रधानमन्त्री र केन्द्रीय विश्वविद्यालयको कुलपति शिक्षामन्त्री रहने व्यवस्थासहित उच्च शिक्षासम्बन्धी कानुनको मस्यौदा तयार पारेको छ । सैद्धान्तिक स्वीकृतिका लागि शिक्षा मन्त्रालयले अर्थ र कानुन मन्त्रालय पठाएको विधेयकमा प्रादेशिक विश्वविद्यालयको कुलपति प्रदेश मुख्यमन्त्री र निजी क्षेत्रबाट गैरनाफामूलक तरिकाले स्थापना हुने मानित विश्वविद्यालय बोर्ड अफ ट्रस्टिजको प्रमुखबाट सञ्चालन हुने उल्लेख छ । हाल…