काठमाडौँ, १ मंसिर । नेपालले सीमासम्बन्धी समस्याको प्राविधिक विषयहरु समाधान गर्न बनेको बाउन्ड्री वर्किङ ग्रुप (बीडब्लुजी)को बैठक राख्ने प्रस्ताव भारत सरकारसमक्ष पठाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार बीडब्लुजीको बैठक यथासिघ्र आयोजना गर्न नेपालको तर्फबाट प्रस्ताव गरी भारतीय पक्षलाई पत्राचार गरिएको छ । तर, नेपालको तर्फबाट गरिएको प्रस्तावित मिति र भारतीय जवाफबारे परराष्ट्र मन्त्रालय मौन छ…