काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको छ । सोमबार मन्त्रालयले एक विज्ञप्तिमार्फत युरोप, जापान, कोरिया, इजरायललगायतका मुलुकमा वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै ठगी भइरहेको जानकारीमा आएको जनाएको हो । वैदेशिक रोजगारीका नाममा हुने ठगीबाट जोगिन सर्वसाधारणसमेत चनाखो हुनुपर्ने मन्त्रालयले जनाएको छ ।…