झापा, २८ कार्तिक। झापाको विर्तामोडस्थित बीएण्डसी अस्पतालले उपचार गराइरहेका १० जना जलनका बिरामीलाई थप उपचार गर्न काठमाडौं लैजान अवरोध गरेको छ । उर्लाबारीमा भएको आगोलागीमा परी घाइते भएर अस्पतालमा उपचार गराइरहेका १० जना सिकिस्त छन् । सो अस्पतालमा उर्लाबारी- ७ का सुमन सेन्दाङ, लालबहादुर लिम्बू, कविराज दाहाल, तपन पण्डित, विक्रम साह, प्रकाश लिम्बू, रुकुमबहादुर कार्की,…