कन्टेन्ट आधारित नियमन नै अराजकता र छाडापन रोक्ने उपयुक्त बाटो होः महासचिव पोखरेल

काठमाडौँ, २७ कार्तिक । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले कन्टेन्ट आधारित नियमन नै अराजकता र छाडापन रोक्ने उपयुक्त बाटो भएको बताएका छन् । मन्त्रिपरिषद्को सोमबारको बैठकले टिकटकमा सामाजिक सद्भाव बिथोलिने किसिमका सामग्री उत्पादन हुन थालेको भन्दै बन्द गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को टिकटक बन्द गर्ने निर्णयप्रति टिप्पणी गर्दै उनले नियमनमा जोड दिन आग्रह गरेका…