हामी एक दिन स्वर्गमा फुटबल खेल्नेछौं : पेले

काठमाडौँ, ११ मंसिर । कार्डियाक एरेस्टका कारण अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ । अर्जेन्टिनाको राजधानी ब्युुर्नोस आयर्सबाट उत्तरतर्फ रहेको सान आन्द्रेसस्थित आफ्नै निवासमा म्याराडोनाको निधन भएको हो । ८० वर्षीय ब्राजिली पूर्वस्टार पेलेसँगै म्याराडोना विश्व फुटबल इतिहासकै सर्वाधिक उत्कृष्ट खेलाडी मानिन्छन् । पेलेले म्याराडोनाको निधनपछि विज्ञप्ती जारी गरेका छन् ।…