एजेन्सी, १३ पौष । दक्षिण अफ्रिकामा कोरोना सङ्क्रमितको संख्या १० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा नौ हजार पाँच सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएसँगै दक्षिण अफ्रिकामा कोरोना भाइरस सङ्क्रमितको संख्या १० लाख चार हजार नाघेको बीबीसीले जनाएको छ । दक्षिण अफ्रिकामा छिटो फैलिने नयाँ कोरोना भाइरस पनि भेटिएको त्यहाँका अधिकारीहरूले पुष्टि गरेका छन् ।…