जिम्बाब्बेका विदेश मन्त्रीको कोरोनाका कारण निधन

हरारे, ८ माघ । जिम्बाब्बेका विदेशमन्त्री सिबुसिसो मोयोको बुधबार निधन भएको छ । कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टि भएको एक दिनपछि बुधबार उहाँको निधन भएको अधिकारीहरुले जनाएका छन् । राष्ट्रपति तथा मन्त्रिपरिषद्का कार्यवाहक प्रमुख सचिव जर्ज चाराम्बाद्वारा जारी वक्तव्यका अनुसार कोरोनाकै कारणले उहाँको निधन भएको स्वास्थ्यकर्मीहरुले पुष्टि गरेका छन् । उहाँका पारिवारिक सदस्यले पनि कोरोनाका कारण उहाँको…