काठमाडौँ, ४ असोज । भारतमा पछिल्लो २४ घण्टामा ९२ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । आइतबार भारतमा ९२ हजार ७५५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५३ लाख ९८ हजार २३० पुगेको वर्ल्डोमिटर्सले जनाएको छ । संक्रमितमध्ये अहिलेसम्म ४२ लाख ९९ हजार ७२४ जना संक्रमणमुक्त भएका छन् भने १० लाख ११ हजार ७३२ जनाको उपचार भइरहेको…