काठमाडौँ, ७ कार्तिक । विश्व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरुभएपछि फ्रान्सका दर्जनौ सहरमा कर्फ्यू लाग्ने भएको छ । त्यहाँका प्रधानमन्त्री जीन क्यास्टेकले रात्रिकालिन समयमा थप दर्जनौ सहरमा कर्फ्यू लगाउने निर्णय गरेका हुन् । बीबीसीले उल्लेख गरे अनुसार पछिल्लो २४ घण्टामा फ्रान्समा ४१ हजार पाँच सय बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।…