भारतमा कोरोना संक्रमणबाट एकैदिन १२३ को मृत्यु

एजेन्सी, २४ बैशाख । कोरोना भाइरसको संक्रमणबाट भारतमा मंगलबार एकैदिनमा मात्र १२३ जनाको मृत्यु भएको छ । हालसम्म भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ६९३ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ । मंगलबार भारतमा २ हजार ९६३ जनामा कोरोना संक्रमण फेला परेको छ । सोमबार भने ३ हजार ९३२ जना नयाँ कोरोनाका संक्रमित थपिएका…