न्यूजिल्याण्डमा ज्वालामुखी बिस्फोट

एजेन्सी, २३ मंसिर । न्यूजिल्याण्डमा एक ज्वालामुखी बिस्फोट भएको छ । बीबीसीका अनुसार ह्वाइट आइल्याण्डमा ज्वालामुखी बिस्फोट हुदा सो स्थानमा सय बढी मानिस फसेको हुनसक्ने आशंका गरिएको छ । न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले उक्त दुर्घटनाको जानकारी दिँदै सो स्थानमा कतिजना फसेको भन्नेबारे सही जानकारी नभएको बताएकी छिन् ।