अमेरिकामा गोलीबारी, पुलिससमेत ६ जना मारिए

एजेन्सी, २६ मंसिर । अमेरिकाको जर्सी शहरमा भएको गोलीबारीमा एक पुलिस अधिकारीसमेत ६ जनाको मृत्यु भएको छ । शहरका मेयर स्टिवन फुलपका अनसार दुई अन्य पुलिसकर्मी घाइते भएका छन् । शहरको ग्रीनविले इलाकामा लगभग एक घण्टासम्म दुईतर्फी गोलीबारी भयो । स्थानीय मिडिया अनुसार गोलीबारीको सुरुवात एउटा पसलबाट भयो जहाँ दुई संदिग्धले बन्दुक लुकाएर राखेका थिए…