एजेन्सी, २५ जेठ । आठाैं संस्करणकाे फिफा महिला विश्वकप फुटबलमा घरेलु टोली फ्रान्सले विजयी सुरुवात गरेको छ । फ्रान्सको राजधानी पेरिसस्थित पार्क डे प्रिन्समा शुक्रबार राति भएको खेलमा फ्रान्सले दक्षिण कोरियामाथि ४–० को अन्तरले जित हासिल गरेको हो । फ्रान्सको जितमा विन्डी रिनार्डले २ तथा इग्यूनी ली सोमर र एमानडिनी हेनरीले समान एक/एक गोल गरे…