एजेन्सी, ३० असार । इंग्ल्यान्डले पहिलो पटक विश्वकप क्रिकेटको उपाधि हात पारेको छ । हिजो राति सम्पन्न फाइनल खेलमा न्युजिल्यान्डलाई पराजित गर्दै घरेलु टोली इंग्ल्यान्ड सुपर ओभरमा उपाधि हात पार्न सफल भएको हो । सुपर ओभरमा जितको लागि १६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १५ रन नै जोड्यो । सुपर ओभरमा समान स्कोर भएपनि इंग्ल्यान्डले बढी बाउन्ड्री…