एजेन्सी, ११ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानले रुससँग कुनै प्रकार साँठगाँठ नगरेको वकिल रोबर्ट मुलरले प्रतिवेदन दिएको छ । मुलरले दुई वर्ष अनुसन्धान गरेर तयार पारेका उक्त प्रतिवदेन आइतबार अमेरिकी सांसदहरुलाई बुझाइएको छ । यस विषयमा भने सांसदहरुलाई बुझाइएको प्रतिवेदनले केही निष्कर्ष दिएको छैन । अमेरिकी संसदमा प्रतिवेदनको सार अर्टनी जनरल विलिय बारले प्रस्तुत गरेका थिए ।…