टर्कीका सभामुख बिनालीद्वारा राजीनामा

एजेन्सी, ८ फागुन । टर्कीका सभामुख बिनाली यल्ड्रियमले पदबाट राजीनामा दिएका छन् । इस्तानबुलमा ३१ मार्चमा मेयर पदको चुनाव हुँदैछ । उक्त मेयर पदको चुनाव लड्न भन्दै पदबाट राजीनामा दिएका जनाइएको छ । प्रधानमन्त्रीसमेत रहेका बिनाली सन् २०१८ को जुलाइ महिनामा सभामुख चुनिएका थिए । उनले सन् २०१९ फेब्रुअरी १८ तारिखमा पद त्यागे । बिनाली विदाइ समारोहमा…