हवाई आक्रमणमा परी सोमालियाका ३३ जना शरणार्थीको मृत्यु

साना, ५ चैत । सोमालियाका शरणार्थी चढेको एउटा डुङ्गामा भएको हवाई आक्रमणमा परी कम्तीमा ३३ जनाको मृत्यु भएको छ भने अरु २९ जना घाइते भएका छन् । डुङ्गामा झन्डै १५० जना यात्रु चढेको अन्तरराष्ट्रिय रेडक्रस समितिले शुक्रबार जनाएको छ । “होडेइडा नजिकै गएराति आक्रमण भएपछि महिला र बालबालिका कराएका थिए,” रेडक्रसद्वारा जारी वक्तव्यमा लेखिएको छ…