गाजा युद्धमा ज्यान गुमाउनेमध्ये ४४ प्रतिशत बालबालिका

एजेन्सी, २४ कार्तिक । इजरायलले गाजामा गरिरहेकोआक्रमणमा परेर ज्यान गुमाउनेमध्ये ४४ प्रतिशत बालबालिका रहेको संयुक्त राष्ट्रसङ्घीय निकायले जनाएको छ । इजरायलमा गएको वर्ष प्यालेस्टाइनी बिद्रोही समूह हमासले आक्रमण गरेपछि शुरु भएको आक्रमणमा मारिएका मध्ये ४४ प्रतिशत बालबालिका रहेका हुन् । १३ महिनाको युद्धमा गाजामा कम्तिमा १६ हजार सात सय ६५ जना बालबालिकाले ज्यान गुमाएका प्यालेस्टाइनीहरुको…