काठमाडौँ, १ कार्तिक । प्यालेष्टाइनी सशस्त्र समूह हमासलाई अधिकांश सामाजिक सञ्जालहरुले प्रतिबन्ध लगाएका छन् । अक्टोबर ७ मा इजरायलमाथि समूहले अचानक आक्रमणगरेयता म्यासेजिङ एप टेलिग्राममा यसको फलोइङ ह्वात्तै बढेको छ । हमासको सशस्त्र एकाई अल–क्वासम बिग्रेड्सको एउटा खातामा फलोइङ तीन गुणाले बढेको छ भने पोष्ट भएका भिडियो र अन्य कन्टेन्टमा भ्यूज संख्या १० गुणाले बढेको…