बेलुन विवादले चीन र अमेरिकाबीच अविश्वास बढ्दै

एजेन्सी, ७ फागुन । बेलुन विवादका कारण अमेरिका र चीनबीच अविश्वास बढ्दै गएको छ । बढ्दो विवादकाबीच अमेरिकाले राष्ट्रिय सुरक्षा टोलीलाई शङ्कास्पद वस्तु पत्ता लगाउन निर्देशन समेत दिएको छ । राष्ट्रपति जो बाइडेनले अमेरिकी राष्ट्रिय सुरक्षा टोलीलाई वायुमण्डलमा मानवरहित तरिकाले राखिन सक्ने शङ्कास्पद वस्तुहरू पत्ता लगाउने संयन्त्रको विकास गर्न निर्देशन दिनुभएको बीबीसीले जनाएको छ ।…