एजेन्सी, ३१ जेठ । इजरायलको सत्ताबाट बेन्जामिन नेतान्याहु पदमुक्त भएका छन । बीबीसीका अनुसार इजरायली संसदमा नयाँ गठबन्धन सरकारको पक्षमा बहुमत पुगेसँगै १२ वर्षदेखि लगातार प्रधानमन्त्री रहेका नेतान्याहु पदमुक्त भएका हुन । एक सय २० सदस्यीय संसदमा आफूसहित ६१ प्रतिनिधिको साथ पाएका विपक्षी गठबन्धनका नेता नेफ्टाली बेनेट इजरायलको प्रधानमन्त्री बनेका छन । विपक्षी गठबन्धनको सहमतिअनुसार…