एजेन्सी, २३ असार । अमेरिकामा कोरोना भाइरस संक्रमित हुनेको कुल संख्या ३० लाख ४० हजार ५०९ पुगेकाे छ ।
वर्ल्डो मिटर्सका अनुसार अमेरिकामा साेमबार एकै दिन मात्र ५० हजार २६२ जनामा संक्रमण पुष्टि भएकाे छ । त्यहाँ हालसम्म १ लाख ३२ हजार ९७८ जनाकाे भाइरस संक्रमणका कारण मृत्यु भइसकेकाे छ । साेमबार त्यहाँ काेराेनाबाट ३७७ जनाकाे ज्यान गएकाे छ । अाइतबार त्यहाँ २६२ जनाकाे मृत्यु भएकाे थियाे भने शनिबारचाहिँ २६५ काे मात्र ज्यान गएकाे थियाे ।
हालसम्म १३ लाख २४ हजारभन्दा बढी मानिस पूर्ण रूपमा निकाे भइसकेकाे जनाइएकाे छ । पछिल्लाे २४ घण्टामा (साेमबार) त्यहाँ ३४ हजार ८१९ जना संक्रमणमुक्त भएका छन् । यद्यपि अझै १५ लाख ८३ हजारभन्दा बढी मानिसमा काेराेना भाइरस सक्रिय रहेकाे छ ।
अमेरिकाका संक्रामक रोगका विशेषज्ञ तथा टास्क फोर्सका सदस्य डाक्टर एन्थोनी फाउचीले अमेरिकामा हालसम्म पनि कोरोना भाइरसको महामारीलाई पूर्ण रुपमा नियन्त्रण गर्न नसकिएको बताइरहेका छन् ।









प्रतिक्रिया दिनुहोस्