विश्व

ब्राजिलमा कोरोनाबाट ६५ हजार ५५६ जनाको मृत्यु



एजेन्सी, २३ असार । ब्राजिलमा अहिलेसम्म काेराेना संक्रमणका कारण कुल ६५ हजार ५५६ जनाको मृत्यु भइसकेको छ ।

आइतबार र शनिबार क्रमशः २६ हजार २०९ र ३५ हजार ३५ जनामा संक्रमण पुष्टि भएकाे थियाे । यससँगै त्यहाँ कुल संक्रमित संख्या १६ लाख २६ हजार नाघेकाे छ । तर त्यहाँ निकाे हुने दर पनि बढी छ ।

ब्राजिलमा हाल काेराेना संक्रमितमध्ये ९ लाख ७८ हजारभन्दा बढी मानिस निकाे भइसकेका छन् ।  हाल त्यहाँ ५ लाख ८१ हजारभन्दा बढी मानिस संक्रमित अवस्थामै रहेकाे जनाइएकाे छ ।