Banner News

राष्ट्रपति भण्डारीद्वारा चार मन्त्री पदमुक्त



काठमाडौँ, २७ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले चार जना मन्त्रीलाई पदमुक्त गरेकी छन् ।

जनता समाजवादी पार्टी (जसपा)बाट मन्त्री बनेकाहरू पदमुक्त भएका छन् । बिहीबार प्रधामन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले जनता समाजवादी पार्टी (जसपा)बाट मन्त्री बनेका चार मन्त्रीलाई पदमुक्त गरेकी हुन् ।

प्रधामन्त्रीको सिफारिसमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई र वन तथा वातावरण मन्त्री प्रदीप यादवलाई पदमुक्त गरिएको हो । ती मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री देउवाले आफैँ सम्हाल्ने भएका छन् ।

सत्ता गठबन्धनलाई छाडेर जसपाले विपक्षी नेकपा (एमाले)सँग चुनावी तालमेल गरेपछि प्रधानमन्त्री देउवाले उसका मन्त्रीहरूलाई बर्खास्त गरेका हुन् ।