काठमाडौँ, ५ कार्तिक । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालको खेलकुद क्षेत्रको विकास एमालेमात्रै गर्न सक्ने बताएका छन् ।
आज काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उपाध्यक्ष पोखरेलले नेपालको खेलकुदसम्बन्धी ठुल्ठुला पूर्वाधारका काम एमाले नेतृत्वको सरकारले मात्रै गरेको दाबी गरे ।
उनले कीर्तिपुरको रंगशालाको स्तरोन्नति, सातै प्रदेशमा क्रिकेट रंगशाला निर्माण अघि बढाउने, एक पालिका एक खेलकुदग्रामको कार्यक्रमअन्तर्गत करिब २०० पालिकामा कामको सुरुवात एमाले सरकारले नै गरेको जिकिर गरे ।
पोखरेलले खेलाडी बिमा कार्यक्रमको सुरुवात पनि एमालेले नै गरेको दाबी गर्दै आगामी दिनमा खेल क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने बताए ।










प्रतिक्रिया दिनुहोस्