Banner News

देश र जनताकाे हितमा काम गर्ने पार्टी एमालेमात्रै हाे : वरिष्ठ उपाध्यक्ष पोखरेल



काठमाडौँ, १७ कार्तिक । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले देश र जनताको हितमा काम गर्ने पार्टी एमाले मात्रै भएको बताएका छन् ।

काठमाडौँ ५ बाट प्रतिनिधिसभा सदस्यमा उमेदवारी दिएका पोखरेलले अज आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै देश र जनताको हितमा काम गर्ने पार्टी एमाले मात्रै भएको बताएका हुन् ।

उनले कुनै पार्टीहरू राजनीतिक स्थायित्वका लागि उभिन नसकेको भन्दै राजनीतिक स्थायित्व, आर्थिक विकास र समृद्धिका लागि एमालेलाई आगामी निर्वाचनमा जिताउन आवश्यक रहेको तर्क गरे ।

नेता पोखरेलले छिमेकीले नाकाबन्दी लगाएको बेलामा र आफ्नो भूमि फिर्ता लिने सन्दर्भमा एमालेबाहेक अरू कुनै पार्टीले दृढ अडान लिन नसकेको जिकिर गरे । त्यस्तै, उनले नेपाली नागरिकले आमाको नामबाट पनि नागरिकता पाउनुपर्छ भन्नेमा एमाले रहेको बताए ।