Banner News

एमाले गरिबको पार्टी हो : अध्यक्ष ओली



काठमाडौँ, २५ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले गरिबहरूको पार्टी भएको बताएका छन ।

आज धरानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अरु पार्टीले जस्तो भ्रष्टाचार गरेर र लुटेर ल्याएको पैसा एमालेसँग नभएको बताए ।

उनले भने, ‘एमाले पार्टीले कार्यकर्तालाई माया गर्छ । तर, पैसा हामीसँग छैन । त्यो कुरा थाहा पाउनुपर्छ । अरुसँग पैसा होला कार्यकर्तालाई बाँड्ला । हामी देश बनाउँछौँ । त्यसकारण पैसा छैन । हामीले कहाँ लुटेका छौँ र ? कहाँ कमिसन खाएका छौँ र ? कहाँ भ्रष्टाचार गरेका छौँ र ? त्यसकारण हामीसँग छैन ।’ ​​​​​​​

वामपन्थी आन्दाेलनलाई थिति, विधि र नियम बाहिर लैजाने प्रयास समेत भएकाे स्मरण गर्दै उनले भने, ‘एउटा अंग्रेजीमा हाइना नेपालीमा हाेडार भन्छ त्यसले मारेर सिकार खाने हाेइन ज्युँदै खान्छ ज्युँदै टाेक्छ, नेकपा एमालेलाई त चारैतिरबार ज्यूँदै टाेक्ने प्रयास भयाे, खुट्टा भेटे खुट्टै टाेक्या छ, हात भेटे हात टाेक्या छ,टाउकाे भेटे टाउकै टाेक्या छ ।’

उनले सत्ता गठबन्धनलाई हुँडारको संज्ञा दिएका छन् । उनले पछिल्लो पटक वामपन्थी आन्दोलन थिति विधिअनुसार नचलेको भन्दै एमाले जनताको पार्टी भएकाले त्यसको प्रतिवाद गरिरहेको बताए । उनले भने, ‘पछिल्लो पल्ट त वामपन्थी आन्दोलनलाई थिति, विधि नियमअनुसार होइन । अंग्रेजीमा ‘हाइना’ भन्छ । नेपालीमा हुँडार भन्छ, त्यसले मारेर शिकार खाने होइन । ज्यूँदै खान्छ त्यसले, जिउँदै टोक्छ’ ‘नेकपा एमालेलाई चारैतिरबाट जिउँदै टोक्ने कोसिस भयो । खुट्टा भेटे खुट्टै, हात भेटे हातै टोक्याछ, टाउको भेटे टाउकै टोक्याछ’, उनले भने, ‘उद्घोष पनि धेरैले गरे । भित्तामा टास्ने, धुलो बनाउने दिउँसै टर्च बालेर हिँडने र सिध्याउने भने । ’