काठमाडौँ, ६ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले चुनाव हार्दैमा राजनीतिक दलको भविष्य नसकिने बताएका छन् ।
आज सामाजिक संजालमा लेख्दै उनले राप्रपा सिद्धिन्छ, सकिन्छ वा सिध्याइन्छ भन्ने सपना कसैले नदेख्न चेतावनी पनि दिएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, “राप्रपा सिद्धिन्छ, सकिन्छ वा सिध्याइन्छ भन्ने सपना कसैले नदेखे हुन्छ । मजस्ता असंख्यको रगत, पसिना र बैँस खर्चेर बनेको यो राप्रपाले चुनाव पो हारेको हो त, चुनाव हार्दैमा कुनै पनि राजनीतिक पार्टीको भविष्य सकिँदैन,” । “न राप्रपा अभिभावकीय राजसंस्था, सनातन धर्मसापेक्ष हिन्दुराष्ट्र, आर्थिक रूपले मात्र होइन, प्रशासनिक दृष्टिकोणले समेत झन्झटिलो र बोझिलो प्रदेश संरचना सम्बन्धित आफ्नो अवधारणाबाट पछाडि फर्किन्छ ।”










प्रतिक्रिया दिनुहोस्