जनकपुरधाम, ६ भदौ । धनुषाको जनकपुरधाममा गुठीको अतिक्रमित जग्गा खाली गराउन थालिएको छ ।
शनिबार बिहानदेखि पोखरीको डिल खाली गराउन सुरु गरिएको हो । पहिलो चरणमा पोखरीको अतिक्रमित डिल खाली गराउन लागिएको छ । ५० मध्ये सात पोखरी अतिक्रमणमुक्त गराइनेछ । त्यसपछि दोस्रो चरणमा मन्दिर परिसरका अतिक्रमित जग्गा खाली गराइनेछ । तेस्रो चरणमा अरू ठाउँका अतिक्रमण हटाउने योजना छ ।
पोखरीनजिक घर भएका व्यक्तिहरूले नै पछाडिपट्टिबाट उक्त स्थानमा अतिक्रमण गरेका जनकपुरधाम उपमहानगरपालिकाले जनाएको छ । स्थानीय आफैँले खाली नगरेपछि डोजर लगाएर अतिक्रमित संरचना हटाउन लागिएको उपमहानगरपालिकाले जनाएको छ ।
गएको साउन १ गते अतिक्रमित जग्गा खाली गर्न सूचना जारी गरिएको थियो । शुक्रबार (भदौ ५) जनकपुर नगर क्षेत्रमा माइकिङ गरेर पनि अतिक्रमित जग्गा खाली गर्न भनिएको थियो ।










प्रतिक्रिया दिनुहोस्