काठमाडौँ, ६ भदौ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले बालेन शाह नेतृत्वको सरकार ५ वर्ष नटिक्ने दाबी गरेका छन् ।
नगरकोटमा भएको जनसङ्गठन समन्वय संयन्त्र कार्यशालालाई सम्बोधन गर्दै अराजकताबाट आएकाहरूलाई देश जिम्मा लगाउन नसकिने बताए ।
उनले भने, ‘लोकतन्त्र अपहरित भएको छ, संविधान मिचिएको छ । अपहरित लोकतन्त्रलाई फेरि फिर्ता ल्याउनुछ । हरेकको मनमा त्रास छ । एउटा स्टाटस लेख्नुस् त कति गाली आउँछ, त्रास छ । सही स्टाटस लेख्नुस्, सही कुरा बोल्नै हुँदैन । हुल्याहाहरूको आक्रमण सुरु भइहाल्छ।’ ‘यो कुन शक्तिको आडभरोसामा चलेको छ मतलब छैन । यी तत्त्वहरूसँग हामी डराउँदैनौँ। डराउनुहुन्न । यो सरकार तपाईँहरूलाई भन्दिएँ, पाँच वर्ष कुनै हालतमा जाँदैन । हाटहुट, लाटलुट, जनतालाई तर्साएर, थर्काएर, बोल्न नसक्ने बनाएर, जेसुकै गरेर, बाकस साटेर ल्याएर, बहुमत ल्याएको देखाइयो। बहुमत आयो भन्दैमा पाँच वर्ष लुटमार गर्न दिएको हो र ?’
उनले रास्वपालाई भोट हालेर बहुमत दिएकोप्रति जनतालाई पश्चात्ताप भइसकेको बताए ।










प्रतिक्रिया दिनुहोस्