काठमाडौँ, ७ भदौ । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री गोकुल बास्कोटाले नेपालका वामपन्थी पार्टीहरू चाहिँ ठ्याक्कै २०१७–०२७ को हालतमा पुगेको बताएका छन् ।
सामाजिक सञ्जालमा बास्कोटाले नेपालका समग्र वामपन्थी पार्टीहरूको भविष्य र दिशामाथि पनि गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
उनले भनेका छन्, “पार्टी जिम्वालको मौजा होईन,कस्ले बोल्न पाउँछ र कस्ले पाउँदैन भन्न।कम्जोर हुदा अधिकार -बलियो हुदा अराजकता ! जुनसुकै सत्ता न नेता -हिजो,आज र भोलीको सदाबहार सत्य यै हो । तर नेपालका बामपन्थी पार्टीहरु चै ठ्याक्कै ०१७-०२७ को हालतमा पुग्या छन,क्रसरोडमा उभिएको यात्री झै ।”










प्रतिक्रिया दिनुहोस्