धनुषा, २४ भदौ । नेकपा (एमाले) का महासचिब शङ्कर पोखरेलले आफ्नो पार्टी फेरि जनताका बीच सुदृढ भएर उभिने बताएका छन् ।
मङ्गलबार धनुषाको लालगढमा एमाले पार्टी मधेश कमिटीले आयोजना गरेको ‘मिशन पार्टी जागरण अभियान’ को अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले यस्तो बताए । छ वटा ‘ज’ को अभियानले पार्टी सुदृढीकरण हुने बताउँदै यसमा दृढतापूर्वक उभिन सम्पूर्ण पार्टी पङ्तिलाई निर्देशन गरे ।
महासचिव पोखरेलले छ ‘ज’ भन्नाले जनतामा जानु , जनताका मुद्दा उठाउनु, जनतासँग जोडिनु, जनताको प्रिय बन्नु, जनसङ्गठन व्यवस्थित रुपले परिचालन गर्नु र समाजवादी लक्षमा पुग्न पार्टीको मुख्य सिद्धान्त जनताको बहुदलीय जनवादको परिणाममुखी अभ्यास गर्नु रहेको स्पष्ट पारे । यसपक्षलाई व्यवहारमा उतार्न सबै पार्टी सदस्य समर्पित हुन पर्ने पोखरेलको भनाइ छ ।
पार्टीलाई नयाँ पुस्तासँग जोड् नसक्दा, युवा चासो सम्बोधन गर्न नसकिदा, पार्टीविरुद्ध सामाजिक सञ्जालमा आउने भ्रम चिर्न नसक्दा एबं संस्थागत निर्णय र छलफल कमजोर हुँदै गएर नेतामुखी बन्दा गत निर्वाचनमा पराजय भोगेको पोखरेलको स्वीकारोक्ति छ ।
“हामी चुनावमा हा¥यौं, यो अनपेक्षित परिणाम हो” उहाँले भन्नुभयो, “हामी मटियामेट भएका होइनौ, फेरि उठ्ने हामीसँग सामथ्र्य छ ।” पार्टी कामलाई व्यवस्थित सञ्चालन गर्न थाले चाँडै जनताका बीच स्थापित हुने उनको भनाइ छ । अब लगत्तै यसै असोजको पहिलो सातामा बस्ने पार्टीको केन्द्रीय कमिटीको बैठकपछि पार्टी व्यवस्थित रुपले अघि बढ्ने खाका बन्ने उनले बताए ।
मुलुक अहिले बाढीको विपत्ती झेली रहेको बेला यो अवस्थाबाट निस्कन आपसी सहकार्य, समन्वय र सहअस्तित्व आवश्यक रहेको पोखरेलको भनाइ छ । तर सङ्घीय सरकार भने एक्लै हिडेर पार लगाउने अहङ्कारमा रहेको पोखरेलले गुनासो थियो । “बाढीमा यो सरकारको अहङ्कारले मानवीय क्षति बढाएको छ” पोखरेलले भने, “बाढी आएकै दिन सुरुङ् पस्ने अनुमति देशविदेशका विज्ञले पाएका भए धेरैजना बाढीमा फसेका हरुको जीउँदै उद्धार गर्नसकिन्थ्यो ।” प्रधानमन्त्री बालेन्द्र शाहले सुरुङ्भित्रको लेदो निकाल्ने प्रविधि विश्वमै छैन भनेको भोलिपल्ट नै विज्ञहरुले चार जनाको जिवित उद्धार गरेका प्रसङ्ग उनले उल्लेख गरे ।
कार्यक्रममा सो दलका परराष्ट्र मामिला विभाग प्रमुख प्रदीप ज्ञवालीले नविनतम सूचना तथा सञ्चार प्रविधिको प्रयोग पार्टी काममा जोड्न नसक्दा आपूmहरुविरुद्धका कुप्रचारको खण्डन हुन नसकेको औंल्याए । पार्टी र पार्टी नेतृत्वका सरकारले हासिल गरेका उपलब्धी जनतामासम्म पु¥याउन नसक्दा क्षति व्यहोर्नु परेको ज्ञवालीको भनाइ छ । अब बस्तीबस्तीका सामाजिक विकासका मुद्दामा पार्टीको बलियो उपस्थिति बनाउँदै अघि बढ्न ज्ञवालीले अपिल गरे । “हामीले पार्टीलाई पुनव्र्यवस्थित गर्नु छ” ज्ञवालीले भने, “आफ्ना कमजोरी पहिल्याएर सच्चिदै अघि बढ्नु अहिलेको आवश्यकता हो ।”
पार्टीका मधेश प्रदेश अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेशका आठवटै जिल्लाभित्रका केन्द्रीय सदस्यहरु, प्रदेश कमिटी सदस्यहरु, जिल्ला कमिटीका सदस्यहरु र स्थानीयतहका (पालिका) का पार्टी प्रमुखहरुको सहभागिता रहेको प्रदेश सचिब मनोज पौडेलले जानकारी दिए । एमाले मधेशले आउने असोजभित्र सबै वडा र कात्तिकभरिमा पालिकातहका अधिवेसन सम्पन्न गर्ने तालिका बनाएको पौडेलको भनाइ छ । कार्यक्रममा पार्टीका मधेश प्रदेश इञ्चार्ज लीलानाथ श्रेष्ठसहितका नेताहरु सहभागी थिए ।










प्रतिक्रिया दिनुहोस्